बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २२ गते।

बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट कम्तिमा चार जना जलेर घाइते भएको बाँकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विभिन्न ठाउँबाट आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग गरिएको जानकारी दिंदै प्रजिअ कुरुम्वाङले घरबार विहीनहरुलाई टेन्टमा बासको व्यवस्थापन मिलाइरहेको बताए । प्रजिअ कुरुम्वाङले आफु अहिलेपनि घटनास्थलमै रहेकाले कुनै समस्या हुन नदिने बताए ।
‘कति घर जलेका छन् कसरी आगलागी भयो भन्ने बुझ्ने काम भइरहेको छ, एक सय २० घरको क्षति अनुमान छ ।’ आगलागी हुनेबित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए । थप दमकल पनि व्यवस्था मिलाएर आगो नियन्त्रणमा ल्याइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *