अनलाईन न्युजपाटी सर्लाही,समाचारदाता,चैत ३१ गते।
सर्लाहीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
दिउँसो २ बजेतिर गाजली चोकस्थित नव जनजागरण मावि अगाडी भएको दुर्घटनामा बीआर ३० एम ३४५२ नम्वरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका–१५, पिप्राभित्ता निवासी ५० वर्षीय भिखारी साह तथा पछाडी सवार भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनीको मृत्यु भएको हो । विद्यालय छेउमा रहेको चौबाटोमा उत्तरबाट दक्षिणतर्फ गईरहेको भारतीय नम्वर प्लेटको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको ज. १ त १५७४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाईकलमा सबार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले जानकारी दिए ।
उनका अनुसार ठक्करले गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा लग्ने क्रममा बाटोमै मृत्यु भएको छ ।
ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ भने फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।