अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,बैसाख १ गते।
पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ८१ हजार ५६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७४ हजार ४४७ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।
पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । कोरोना सङ्क्रमणले हालसम्म नेपालमा तीन हजार ६१ जनाको मृत्यु भएको हो ।