अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १ गते।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
बुधबार उनले ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘लक्षण देखिएपछि मैले परीक्षण गराउँदा संक्रमण देखियो । अहिले सेल्फ आइसोलेशनमा छु । चिकित्शकको परामर्श पूर्ण रुपमा पालना गरेको छु। सबै काम भर्चुअल रुपमा गरिरहेको छु ।’
आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुसँग सम्पर्क स्थापित भएकाले आइसोलेशनमा बसी परीक्षण गराएको उनले बताएका छन् ।