आज १५औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,बैसाख ११ गते।

आज १५औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

२०६२–६३ को जनआन्दोलनमार्फत् लोकतन्त्र बहाली भएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ ।

नेपालको आफ्नै मौलिक ‘वसन्त क्रान्ति’को नामसमेत पाएको जनआन्दोलन २ (२०६२–६३) ले तत्कालीन राजा ज्ञानेन्द्रलाई घुँडा टेकाउन सफल भएको दिनको रुपमा वैशाख ११ लाई लिइन्छ । २०६२ चैत २४ गते सुरु भएको उक्त जनआन्दोलन २०६३ वैशाख ११ गतेका दिन राजाबाट खोसिएको जनताको अधिकार फिर्ता पाएसँगै अन्त्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *