आज प्रधानमन्त्री केपी ओलीले नयाँ धरहरा उदघाटन गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,बैसाख ११ गते।

नयाँ धरहरा आज प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने भएका छन ।

२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा आज उदघाटन गरिँदै छ ।

उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्पले भत्काएको धरहराको संरचनाको पुनर्निर्माण सम्पन्न भएपनि बाँकी संरचनाहरूको पुननिर्माण कार्य बाँकी छ । कोरोना तथा लकडाउनलगायतका कारण धरहरा निर्माण सम्पन्न हुने समय आगामी २५ डिसेम्बरसम्म थप गरिएको छ ।

धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *