अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १३ गते।
कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५:५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको बैतडी प्रहरीले जनाएको छ।
दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाइते भएका छन्।
दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ।