अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १३ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ हजार ५५६जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ३ लाख ३ हजार ५६१पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।