भारतमा एकै दिनमा थपिए तीन लाख ५२ हजारभन्दा बढी कोरोना सङ्क्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १३ गते।

भारतमा एकै दिनमा तीन लाख ५२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घण्टायता दुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट एक करोड ७० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित हुन पुगेका बताइएको छ । भारतमा हाल २८ लाख १३ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा हालसम्म १ करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *