अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १६ गते।
पोखरामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ ।
पोखरामा ४३ वर्षीय एकजना पुरुष र ८९ वर्षीय एकजना महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कास्की जिल्ला पोखरा महानगरपालिका–१४ का ४३ वर्षीय पुरुषको हिजो बेलुका साढे ७ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको छ । उहाँलाई बैशाख ७ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–७ की ८९ वर्षीय महिलाको आज बिहान होम आइसोलेशनमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँलाई बैशाख ८ गते कोरोना पुष्टि भएको थियो ।
थप दुई जनापछि प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २२१ पुगेको निर्देशनालयले जनाएको छ ।