सुनसरीमा भोलिदेखि एक साताका लागि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १६ गते।

सुनसरी प्रशासनले कोरोना माहामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने भएको छ । 

सुनसरी जिल्ला प्रशासन कार्यालयको आज  बसेको बैठकले सुनसरी क्षेत्रभित्र भोलि शुक्रबारदेखि  बैशाख २४ गते  रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेश कुमार पोख्रेलले जानकारी दिएका छन् । 

बैठक चलिरहेकाले  निषेधाज्ञाको  थप  जनकारीका लागि सूचना  जारी गरिने सूचना अधिकारी पोख्रेलले बताए । उनले भने ‘ बैठक चलिरहेको छ, के खुल्ने, के नखुल्ने भन्ने बैठक सकिएपछि सुचना प्रकाशित हुन्छ ।  ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *