अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १६ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४ हजार ९२८जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ३ लाख १७ हजार ५३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ८० हजार १६७ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।