लागूऔषधसहित दुई जना सप्तरीबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १७ गते।

लागूऔषधसहित बिहीबार दुई जनालाई सशस्त्र प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका–७ कनकटा बस्ने २८ बर्षीय अभिमन्युकुमार र राजविराज नगरपालिका–८ बस्ने ४३ बर्षीय गज्जु दास छन् ।

बिहीबार भारतबाट लागूऔषध ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि भाग्दै गरेका मोटरसाइकलको पिछा गर्दै उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

राजगढ गाउँपालिका–२ मा चेक प्वाइन्ट खडा गरी चेकजाँज गर्ने क्रममा भारतबाट आउँदै गरेको दुई जना सवार स. ४प ३४९७ नम्बरको मोटरसाइकल भागेपछि प्रहरीले पिछा गर्दै पक्राउ गरेको उनले बताए ।

उनीहरुको साथबाट डाइजेपाम इन्जेक्सन ६४ थान, फेनारगन इन्जेक्सन ६५ थान, लिजेसिक बुप्रेनोरोफिन इन्जेक्सन ६५ थान, नाइट्रोसुन ट्याब्लेट ५० थान बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *