दाङमा रोकिराखेको कारभित्र तीन जना बालक मृत अवस्थामा फेला

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १९ गते।

दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीनजनाको बालकको शव भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेटको RJ 01CC0885 नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता तथा डिएसपीले जानकारी दिएका हुन् ।

लामो समयदेखि पार्किङमा गरि राखिएको कारमा शनिबार राति शव बरामद भएको छ ।

कारबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गएर हेर्दा शव भेटिएको हो ।

आफन्तका अनुसार कार भित्र भेटिएका शव बैशाख १६ गते हराईरहेका तीन बालकको रहेको छ । तुलसीपुर–६ गाईडरका भिमबहादुर परियारका १० बर्षिय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षिय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षिय छोरा करण परियार रहेको आफन्तले बताएका छन् । सुवर्ण र किरण दुई दाजुभाईका छोरा हुन ।

शवको सनाखत भइनसके पनि सबै १० वर्षभन्दा कम उमेरका छन् । दाङका एसपीका अनुसार घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान सुरू भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *