अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २१ गते।
बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो भएको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए ।
जिप सडकबाट करीब ५ सय मिटर तल खसेको बताइएको छ ।