अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २१ गते।
काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ ।
मंगलबार (आज) काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायप्रमुखहरुसँगको छलफलले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।
अबदेखि अत्यावश्यक बाहेकका अरु सबै पास बन्द गर्ने निर्णय भएको छ । यसै गरी बैंक तथा वित्तीय संस्थामा सीमित जनशक्ति राखेर चलाउन दिने निर्णय गरेको हो ।