कपिलवस्तुको बहादुरगंजमा कडा बन्यो लकडाउन

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, बैसाख २१ गते। 

नेपाल सरकारले जारी गरेको लकडाउन कपिलवस्तुको बहादुरगंजमा निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा सवारीसाधन र यात्रुलाई आवागमनमा निकै निगरानी गरिएको छ ।

निगरानी गर्न इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक गगन शाही , प्रहरी सहायक निरीक्षक विशाल जीसी र ट्राफिक हवलदार यम प्रसाद न्यौपाने सहितको टोलिले आफै सडकमा खटी ड्युटी गरेका छन l

बहादुरगंज क्षेत्रमा लकडाउन झनै कडा बन्दै गएको भन्न सकिन्छ । एम्बुलेन्स सववाहन, दैनिक अत्यावश्यक खाद्य प्रयोजन ढुवानीका मालबाहक गाडीहरु , बिरामी लगायतलाई मात्रै आवागमन गर्न र अनआवश्यक रूपमा चलेका मोटरसाइकल , गाडीहरुलाई नियंत्रणमा लिएर निर्देशन दिइएको र उप्रान्त भेटिएमा कार्यवाही गरिने इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक गगन शाहीले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *