महोत्तरी जिल्लाभर आजदेखि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख २२ गते।

कोरोना संक्रमण रोकथाम एवम नियन्त्रण गर्नका लागि महोत्तरी जिल्लाभर आजबाट निषेधाज्ञा जारी गरिएको छ ।

आज बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अर्थात ९ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

महोत्तरी जिल्ला भरि बिहानैदेखि निषेधाज्ञा जारी गरिएकोले अति आवश्यक बाहेक घरबाट ननिस्किन महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय लगायत सञ्चालन गर्न रोक लगाइएको छ।

निषेधाज्ञा अवधिमा मालबाहक सवारीसाधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, दूरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शव वाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपंक्षीको दानालगायत दुवानीका सवारीसाधन, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारीसाधन, सरकारी तथा सार्वजनिक संस्थानका सवारीसाधनबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *