अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २२ गते।
बलिउड अभिनेत्री दीपिका पादुकोणको परिवार कोरोना संक्रमित भएर उपचार गराइरहँदा यी अभिनेत्री आफैं पनि कोरोना संक्रमित भएकी छन् ।
हाल अभिनेत्री दीपिका श्रीमान रणवीर सिंहको साथमा बेंगलुरुमा रहेका छन् । अभिनेत्री दीपिकाको अन्य स्वास्थ्य अवस्थाबारे भने कुनै पनि जानकारी गराइएको छैन । त्यसोत, दीपिका र रणवीर सिंह लकडाउन हुनु अगावै मुम्बई छोडेर बेंगलुरुस्थित आफ्नो घर पुगेका थिए ।
यस अगाडि अभिनेत्री दीपिकाको परिवारको अन्य सदस्यहरुमा पनि कोरोना देखिएको थियो । लक्षणसहितको कोरोनाले च्यापेपछि दीपिकाको बुबा प्रकाश पादुकोणलाई अस्पताल भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य हुदै गएको र साताको अन्त्यतिर डिस्चार्ज गरिने बताइएको छ ।
त्यस्तै, उनकी आमा उजाला र बहिनी अनिषालाई पनि कोरोना संक्रमण भएको छ । अहिले उनीहरु दुवै जना होम आइसोलेशनमा रहेका जानकारी गराइएको छ ।