अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २२ गते।
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६ लाख ६५ हजार १४८ पुगेको छ ।

भारतमा एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २६ हजार १८८ पुगेको छ ।
भारतमा १ करोड ६९ लाख ५१ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६६५ छ ।