पोखरामा उपचाररत थप ११ जना कोरोना संक्रमितको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २८ गते।

पोखरामा उपचाररत थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१ का ४० वर्षीया पुरुषको आज बिहान चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २५  गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ की ३२ वर्षीय महिलाको  हिजो राति गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको हो। उहाँलाई बैशाख १६  गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ का ५२ वर्षीया महिलाको हिजो राति मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुषको हिजो राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा निधन भएको छ । उहाँलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुषको हिजो राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा निधन भएको छ । उहाँलाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ जिल्लाको व्यास नगरपालिका–१ का ५७ वर्षीया महिलाको हिजो बिहान पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१६ का ६० वर्षीया महिलाको हिजो दिउसो पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देही जिल्लाको बुटवल नगरपालिका–११ का ५५ वर्षीया महिलाको हिजो राति मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ का ५२ वर्षीया पुरुषको हिजो राति फिस्टेल  अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–२१ का ८० वर्षीया पुरुषको हिजो राति होमआइसोलेसनमा निधन भएको छ । उहाँलाई बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–८ का ६५  वर्षीय पुरुषको हिजो राति मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप ११ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २८७ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *