अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख २९ गते।
जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना बिरामीको मृत्यु भएपछि आक्रोशित परिवारजनले अस्पतालको आइसियू कक्षमा तोडफोड गरेका छन्।
समयमै भर्ना नगर्दा मृत्यु भएको भन्दै एक समूहले मंगलबार साढे ५ बजे अस्पतालमा दुईवटा भेन्टिलेटर, झ्याल, फर्निचरसहित तोडफोड गर्दै कर्माचारी र नर्समाथि समेत हातपात गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए ।
‘बिरामीको मृत्युपछि उनीसँगै एम्बुलेन्समा आएका उनका आफन्तजनले अस्पतालको आइसियू कक्षमा रहेको भेन्टिलेटर तोडफोड गरेका हुन्,’ मेसु डाक्टर यादवले भने, ‘अस्पतालमा खटिएका ८/१० कर्मचारीउपर समेत हातपात गरे।’
मेसु डा. यादवका अनुसार प्रादेशिक अस्पताल पुग्दा ती संक्रमितको अवस्था सिकिस्त थियो।
‘संक्रमितलाई प्रादेशिक अस्पताल ल्याइएको थियो, उनको अवस्था गम्भीर थियो,’ यादवले भने, ‘तुरुन्तै उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गर्नै लाग्दा उनको तत्कालै मृत्यु भयो।’