अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,बैसाख २९ गते।
बयासी लाख पचास हजार रकमसहित हुण्डी कारोबारी पर्साबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जि.बारा महागढी न.पा.वडा नं.४का १८ बर्षको कलामुद्दिन अन्सारी, भारत विहार जि.मोतिहारी रक्सौल वडा नं.१८ का २७ बर्षको बिकास कुमार, भारत विहार जि.मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नं.९ का २२ बर्षको गुड्डु कुमार, भारत विहार जि.मोतिहारी वडा नं.५ का १८ बर्षको साहिल गुप्ता रहेका छन्।
प्रहरीले उनीहरुपैयाँलाई आज दिउँसो १३:०० बजेको समयमा जिल्ला बारा महागढीमाई न.पा.वडा नं.४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई पुरानो बसपार्क आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिईएको छ । उनले बोकेको झोला जाँच गर्दा झोलाभित्र २५,००,००० नेपाली रुपैयाँ ( पच्चीस लाख) बरामद भएको छ ।
साथै विकास कुमारको डेरामा खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको सन्ताउन्न लाख पचास हजार रुपैयाँ थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा बयासी लाख पचास हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ।
प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।