अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २ गते।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ।
गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले शनिबार बेलुकी काठमाडौँ ल्याएको हो।
अक्सिजन सिलिण्डर लिन निगमको जहाज मस्कट गएको थियो।