अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २ गते।
चन्द्रागिरी नगरपालिकाले एकसाताका लागि नगरपालिका क्षेत्र सिल गरेको छ।
जेठ १ गते देखि लागू हुने गरि ७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म नगरपालिका भित्र कोही पनि सर्वसाधारणलाई हिड्डुल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
तिब्र रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका सबै सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण सामाग्री लगायतका पसलहरू, नगरपालिका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैरसरकारी, बैक तथा वित्तीय संस्था निजी सम्पूर्ण कार्यालयका सेवा पूर्ण रूपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो।