अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ८ हजार १६७जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नेपालमा सङ्क्रमित सङ्ख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १ सय ८७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।