सुनसरीमा आजदेखि जेठ १५ गतेसम्म लकडाउन कडा हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १ गते।

सुनसरीमा आज शनिबार देखि जेठ १५ गतेसम्म लकडाउन कडा हुने भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले लकडाउनको आदेशलाई उल्लंघन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिना सम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने बताएका छन् ।

उनका अनुसार यो ऐन अन्तर्गत काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिबाना वा दुवै सजाय हुने छ ।

यस्तै, लकडाउन कडा बनाउन आजदेखि नेपाली सेना परिचालन समेत गरिएको ढकालले बताए । सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्ने बताइएको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा पनि पहिलाको सङ्क्रमण भन्दा अहिले सङ्क्रमण अलि फरक भए जस्तो पहिलाको लकडाउन भन्दा अहिलेको लकडाउन पनि पुरै कडाइ हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *