अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १५ गते।
बर्दियामा लागु औषध चरेससहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा नं ६ सिमलघारी बस्ने २६ बर्षिया कमल बिश्वकर्मा, सोहि ठाउ निवासि ३२ बर्षीय कालिबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका वडा नं,८ शितलाबजार बस्ने ४८ बर्षीयाया बल बहादुर कामी रहेका छन ।
ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ भोलागौडी मान्झुण्डी सामुदायीक वन नजिकबाट लागु ओैषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
निजहरुको साथमा रहेको कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागु औषध चरेस ६९४ ग्राम फेला पारिएको जिल्ला प्रहरि कार्यालय बर्दियाका प्रहरि उपरिक्षकले बताउनुभयो ।
प्रहरि उपरिक्षकले पक्राउ परेका तिनै जनलाई लागु ओैषध मुद्धा अगाडि बढाईने समेत जानकारी दिनुभयो ।