अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २८ गते।
सोलु दुधकुण्ड नगरपालिका –८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्रक चालक बडी गंगा गाउँपालिका–५ बाग्लुङ स्थायी ठेगाना भएका वर्ष २६ का भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका अन्दाजी वर्ष २४ का रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
सोलुखुम्बुबाट पोखरा तर्फ जाँदै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा राखिएको क्रेनले ३३ केभी प्रशारण लाइनमा छुँदा करेन्ट लागि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षकले जानकारी दिए।
आज बिहान ८:४० बजेको समयमा सोलु खोलामा निर्माणाधिन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजादै गर्दा सडकमाथि रहेको प्रशारण लाइनमा छुँदा घटना भएको प्रमुख प्रहरी नायव उपरीक्षकले जानकारी दिए।