गएराति ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण

अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदाता,जेठ २९ गते।

गएराति सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।

प्रहरीले आक्रमणमा संलग्न रहेको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएको छ ।

आक्रमणपछि उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत शाहीले सार्वजनिक गरेका छन् । उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको लेखेका छन् ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *