अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदाता,जेठ २९ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ हजार ३८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख २६ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ५ लाख २७ हजार १११ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ६१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ ।