आज थपिए २ हजार ८२८ जना कोरोना संक्रमित ,कुल संख्या ६ लाख ३७ हजार ४३३पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २  गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ८२८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख ३७ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ जना रहेको प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *