लागुऔषध ब्राउनसुगर सहित ४ जना मोरङबाट पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असार ४ गते।

लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट पक्राउ गरिएको छ ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट उनीहरुलाई आज बिहान साढे ६ बजे पक्राउ गरेको हो ।

प्रहरीले स्थानीय ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरेको थियो । प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ ।

त्यस्तै हिजो राती साढे १० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *