अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,असार ६ गते।
जगदम्बा स्टील्स कारखानामा आगलागी हुँदा दुई मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् ।
शनिबार राति पेट्रोल र डिजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहेको बेला आगलगी हुँदा सो घटना भएको
हो ।
आगलगीमा सो कारखानामा कार्यरत मजदुर भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा भइरहेको र घटनास्थलमा रहेका ६ मजदुरमध्ये एक जना सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपीले बताए ।
आगलगीबाट भएको क्षति विवरण आउँन बाँकी छ । आगलागीको घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।