डोटीमा असार २० गतेसम्मका लागि निषेधाज्ञा थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ११ गते।

डोटीमा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ देखि ११ बजेसम्म खोल्न पाइने केन्द्रले जनाएको छ ।

यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भर सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ । भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधिलगायतका कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *