आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ११ गते।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको हो ।

महाशाखाले आज देश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी प्रदेश नं. १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *