अनलाईन न्युजपाटी,काठमाडौ,समाचारदाता,असार १३ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख ६५ हजार ७७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ५ लाख ८४ हजार ३३४जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९००९ पुगेको छ ।