अनलाईन न्युजपाटी,काठमाडौ,समाचारदाता,असार १३ गते।
नेपाललाई क्यानडा सरकारले स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण उपकरण अभावमा बिरामीले ज्यान गुमाउनु परेको अवस्थामा क्यानडा सरकारले सहयोग गर्न लागेको हो ।
जुन २४ मा अन्तर्राष्ट्रिय विकास मन्त्री करिना गोल्ड र स्वास्थ्य मन्त्री प्याट्टी हजदूले नेपालमा आवश्यक स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको हो ।
क्यानडा सरकारले पठाएका २७ थान भेन्टिलेटर र १६००० थान पीपीई लगायतका सामाग्री आज दिउँसो ४ बजे एक विशेष विमान मार्फत नेपाल आइपुग्ने बताइएको छ ।