६५ हजार नगदसहित ६ जुवाडे कञ्चनपुरबाट पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,असार १६ गते।

६५ हजार नगदसहित ६ जुवाडे कञ्चनपुरबाट पक्राउ परेका छन्। 

पर्नेमा कृष्णपुर नगरपालिका वडा नम्बर ४ मौवाफाटाका ४० वर्षिय तेज बहादुर साउँद, ३८ वर्षिय कमलेश कार्की, २९ वर्षिय गगन कार्की, ३५ वर्षिय प्रकाश ऐर, ३२ वर्षिय विष्णु भट्ट र २७ वर्षिय खगेन्द्र बोहरा रहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षकले बताए।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मौवाफाटाको एक खुद्रा पसलमा जुवा खेलिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलिले पक्राउ गरेको हो। 

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी निरीक्षकले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *