प्रतिबन्धित औषधी सहित एकजना धरानबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २० गते।

प्रतिबन्धित औषधी सहित एकजनालाई धरानबाट प्रहरीले पक्राउ गरिएको हो

सुनसरी धरान ११ नगरकोट कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित प्रहरीले पक्राउ गरिएको छ । हिजो दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो ।

उनको कोठाबाट सिटाडोल–५०, ३९० क्याप्सुल र स्पास्पेन ३९० क्याप्सुल बरामद गरिएको छ । दासको सप्तरी अग्नीसर कृष्णसरवन ४ घर भई हाल धरान कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् । पक्राउ परेका दासको थप अनुसन्धान भईरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *