नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध ,बैकल्पिक सडकको प्रयोग गर्न प्रहरीको अनुरोध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २१ गते।

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो ।

पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान थापाले जानकारी दिए । पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने उनले बताए

प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *