ब्रिटिस कलेजको ब्यवस्थापनमा बुटवलस्थित नमस्ते एकेडेमी संचालन हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २४ गते।

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ टीबीसीले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको “ब्रिटिस एजुकेशन ग्रुप” ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको हो ।

ब्रिटिस कलेजको ब्यवस्थापनमा बुटवलस्थित नमस्ते एकेडेमी संचालन हुने
ब्रिटिस कलेजको ब्यवस्थापनमा बुटवलस्थित नमस्ते एकेडेमी संचालन हुने

कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलका अनुसार नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकोले गर्दा आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताए । टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको व्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ ।

नमस्तेको ब्यवस्थापन टीबीसीले गर्ने भएपछि जारी शैक्षिक सत्रमा नै थुप्रै परिवर्तनहरुहुने भएका छन् । लुम्बिनी प्रदेशमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य दिएको ब्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरु थप उत्कृष्ट बनाउने उदेश्यले कार्यक्रमहरु थप गरेको हो ।

यसको लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्कबार्थोलोमेउलाई नियुक्तगरिएको छ । शैक्षिक ब्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काँउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षकोअनुभव छ ।

निर्देशक राजन कँडेलले भने ‘हाम्रो उदेश्य भनेको गुणस्तरिय र परिमार्जित शिक्षाप्रदान गरेर विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु हो। नेपाली समुदायमा गुणस्तरिय सेवा प्रदान गर्नु हो । लुम्बिनी प्रदेशमै उत्कृष्ट अंग्रेजी भाषाको शैक्षिक संस्थाको रुपमा उभ्याउनु हो। एकेडेमिक डाइरेक्टर बार्थोलोमेउले भने,‘हामीज्ञानसँगै अतिरिक्त क्रियाकलापहरु खेलकूद,कला तथा अन्य चाहिने सुविधाहरुप्रदान गरेर विद्यार्थीहरुलाइ अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धी बनाउन कटिबद्ध छौं । नमस्तेमा विद्यार्थीहरुले प्रयोगात्मक ज्ञानहरु पाउनेछन् ।’

त्यस्तै,नमस्तेले जारी शैक्षिक सत्रबाटकक्षा ११ को पढाई समेत संचालनमा ल्याएको छ। विज्ञान तथा ब्यवस्थापन विषयमा कक्षा ११ को पढाई सुरुभएको छ । गुणस्तरिय शिक्षाप्रदानगर्न कटिबद्ध नमस्तेमा भर्ना गर्न तथा गराउन इच्छुकले ग्रुप (पीजी) देखि कक्षा ११ सम्मका विद्यार्थी तथा अभिभावकहरुले चाँडै सम्पर्कगर्नुहुन एकेडेमीले अनुरोध गरेको छ।

ब्रिटिस एजुकेशन ग्रुपले नेपाल सहित लण्डन तथा दुवाईमा पनि कलेजहरु संचालनगर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *