आज विश्व जनसंख्या दिवस: नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २७ गते।

आज विश्व जनसंख्या दिवस, ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने मूल नारासहित मनाइँदैछ ।

संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।

विश्व जनसंख्यासम्बन्धी विभिन्न मुद्दाहरूको उठान गर्ने क्रममा सन् १९८९ बाट यो दिवस मनाउन लागिएको हो । सन् १९८७ जुन ११ तारिखमा विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसरमा भएको विश्व जनसंख्या सम्मेलनले यो दिवस घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष जुन ११ तारिखमा जनसंख्या दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि हरेक जनसंख्या दिवस मनाइन्छ । यस वर्ष कोरोना महामारीका कारण कुनै ठूला कार्यक्रम नगरी औपचारकिताका लागि मात्रै दिवस मनाइन लागेको हो ।

नेपालमा यसै वर्ष जनगणना समेत हुने भएको छ । २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । अबको गणनामा भने यो जनसंख्या ३ करोड नाघ्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *