पोखरामा ठूलो परिमाणको लागुऔषध र नगदसहित एक जना व्यक्ति पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ३१ गते।

पोखरामा ठूलो परिमाणको लागुऔषध र नगदसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

व्यूरोले बुधबार पोखरा महानगरपालिका वडा नं. १ बाट लागूऔषध र पाँचलाख रुपैयाँ नगदसहित अर्जुनकुमार गुरुङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बगरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गुरुङलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनको तलासी लिँदा घरकोठाबाट सुटकेसभित्र लुकाइ छिपाइ राखेको अवस्थामा लागूऔषध डाईजापान– ६७० एम्पुल, फेनेरागन– ६७० एम्पुल, नुर्फिन– ६७४ एम्पुल गरी जम्मा २०१६ एम्पुल, मोबाइल थान १ र नगद रु पाँचलाख २१ हजार दुईसयसहित फेला पारेको हो ।

प्रहरीले नियन्त्रणमा लिएको उनलाई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षकले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *