अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन ४ गते।
भारतीय रेल जनकपुरबाट २३ मिनेटकै अवधिमा भारतको जयनगर पुगेको छ ।
रेल्वे संचालनको पूव तयारीको क्रममा आइतबार लिकको परिक्षण गरिएको छ ।
भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेल लिकको परिक्षण गर्न जनकपुर आएको थियो । कुर्था स्टेशनबानट प्रति घण्टा १२० किलोमिटरको गतिमा लिक परिक्षण गर्दै गुडेको थियो ।
सो रेल २३ मिनेटमै भारतको जयनगर स्टेशन पुगेको रेल्वे विभागका साइड इन्जिनियरले बताए ।
‘रेल्वे लिकको सफल परिक्षण भएको छ । कुर्था स्टेशनबाट १२० किलोमिटर प्रति घण्टाको गतिमा लिक परिक्षण गर्दै गुड्दा मात्र २३ मिनेटमा जयनगर पुग्यो’ इन्जिनियरले भने ‘अब रेल संचालनको लागि लिक पूर्ण सक्षम अवस्थामा छ । यो लिकमा १२० किलोमिटर प्रतिघण्टाको स्पीडमा रेल गुडाउन सकिन्छ ।’
रेलको लागि लिक, भौतिक संरचना, आवश्यक जनशक्ति र रेल समेत तयारी अवस्थामा रहेको छ ।