चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ७ गते।

चीनबाट आज (बिहीबार) आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ ।

बुधबार राति गएको जहाज आज दिउँसो काठमाडौंमा खोप ल्याउनेछ ।। सो जहाज आजै फेरि खोप लिन बेइजिङ जाने छ ।

यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो ।

निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । सरकारले चीन सरकारसँग सरकार-सरकार -जिटुजी मार्फत खोप ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *