अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ८ गते।
काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ७ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।