६५ किलो गाँजासहित दुई जना मकवानपुरबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १४ गते।

६५ किलो गाँजासहित दुई जनालाई मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपलिका-२० का ३८ वर्षीय रोशन परियार र मकवानपुर राक्सिराङ गाउँपालिका-६ का ४३ वर्षीय ललित तामाङ छन्।

प्रहरीले बिहीबार हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडक खण्डबाट बा११च ९५०९ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो।

प्रहरी उपरीक्षकका अनुसार सवारी, गाँजा र पक्राउ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। पक्राउ परेकालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *