आज थपिए ३ हजार ३६५ जना कोरोना संक्रमित, कुल संख्या ७ लाख ५० हजार २२पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १४ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ हजार ३६५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ७ लाख ५० हजार २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या ६ लाख ५० हजार ४४५जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *