काठमाडौँ महानगरपालिकामा आजदेखि भेरोसेल खोप लगाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १४ गते।

काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

काठमाडौँ महानगरपालिकाका सबै ३२ वटै वडाअन्तरगत तोकिएका खोप केन्द्रहरुमा भेरोसेल खोप लगाइनेछ । खोप बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लगाइनेछ । यसका लागि केही खोपकेन्द्रहरुमा खोप लाउनेहरुको लामो लाइन बिहानैदेखि सुरु भइसकेको छ ।

यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका उमेर समूहका सबैले आजबाट पुनः खोप लाउन पाउनेछन् । साथै विदेश जाने युवाहरुलगायत अन्य उमेर समूहका र प्राथमकितामा परेका समूहले पनि खोप पाउनेछन् । खोप लाउनका लागि नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये जुनसुकै परिचय खुल्ने कागजपत्र लिएर जानुपर्नेछ । ती कागजात साथमा नहुनेले वडाको सिफारिश लिएर जान महानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *